कामले नै चर्चित बनेका सर्वेन्द्रले लगाए आईजीपीको फुली, सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले आज दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई आज विहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले आजबाटनै आफ्नो कार्यभार औपचारीक रुपमा सुरु गर्ने छन् । थप पढ्नुहोस्