मोरङमा कृषि फार्म सञ्चालनमा

४ पुस, काठमाडौं । विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर मोरङ, उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गरेका छन् । स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ कृषि फार्म स्थापना गर्नुभएको हो । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादन गर्दैआएका छन् । तरकारी खेतीसँगै उनले माछापालन, हाँस, कुखुरापालन समेत गरेका छन् । उर्लाबारी–२ मा अढाइ बिगाहा जग्गामा अग्र्यानिक तरकारी खेती शुरु गरेका खतिवडाको फार्ममा आलु, प्याज, गोलभेँडा, सिमी, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । थप पढ्नुहोस्