रोकिएन आचारसंहिता उल्लंघन, भारतिय नम्बर प्लेटका गाडिदेखि साना बालबालिकाको प्रयोग, चोक चोकमा लाउड स्पिकर

२९ भदौ, काठमाडौं । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता उल्लंघनमा उत्रेका यहाँका ठूला राष्ट्रिय पार्टीहरु, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दलहरु राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम सबैले अहिले आचारसंहिता उल्लंघनलाई चरम बिन्दुमा पु¥याएको देखिएको छ । थप पढ्नुहोस्

आचारसंहिता मान्ने हो भने, चुनावको प्रचार नगर्दा हुन्छ

सन्तोष पुर्कुटी ४ असार, ताप्लेजुङ । ताप्लेजुङमा राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत चुनावी सभा लगायतका निर्वाचन गतिविधि सक्रिय छन् । गाउँ–गाउँमा आमसभा गर्ने स्थल विद्यालयलाई बनाइएको छ । आमसभा हुने दिन विद्यालय नै बिदा गरिएको पाइएको छ । शिक्षक खुलेआम पार्टीको चुनाव चिह्न र झन्डा अङ्कित टि–सर्ट तथा टोपी लगाएर आफ्नो पार्टीलाई जिताउन रातदिन भोट माग्दै हिँडेका छन् । मतदाताको घरमा गएर भोट माग्न भ्याई नभ्याई छ, शिक्षकलाई । आमसभाको झन्डा बोकेर हिँडेको फोटो सामाजिक सञ्जालमा हतार–हतार पोस्ट गर्छन् । थप पढ्नुहोस्