दुईवटा मतदान केन्द्रमा मंसिर १५ मा निर्वाचन हुने

१३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले रुकुम पश्चिमका दुईवटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ । रुकुम (पश्चिम) जिल्ला बाँफीकोट गाउँपालिका–५ को रुत्न मावि काँडा मतदान केन्द्र (क) मा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र आठबीसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्र (ख)मा समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्र मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । थप पढ्नुहोस्