सरकारको सुरक्षा व्यवस्था फितलो, देशभरि नै आतंक सिर्जना

२ मंसिर, काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको छ । शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् । स्थानीय याङम्याङको जंगलमा घेरा हाली सामग्री जबर्जस्ती खोसेर च्यातेको मतदाता शिक्षा कार्यकर्ता निरमाया शाहीले बताए । वडा नं ३ को प्रभा मावि मतदान केन्द्रका निरमाया शाही, सुमित्रा शाही र वडा नं ४ जन मावि, झिम्पा मतदान केन्द्रका राधिका शर्मा र सुमित्रा पौडेलको साथबाट सामग्री लुटिएको हो । थप पढ्नुहोस्