आत्मनन्द बहुमुखी क्याम्पसमा चारवर्षे बिएडको पढाइ शुरू

१२ मंसिर, काठमाडौं । इलाम जिल्लाको पश्चिमी माङ्सेबुङ गाउँपालिकामा पहिलोपटक स्नातक तहसम्मको पढाइ शुरू भएको छ । किराँत धर्मगुरू आत्मनन्द लिङ्देनको नाममा स्थापित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा चारवर्षे शिक्षा संकायमा बिएडको पठनपाठन शुरू भएको हो । स्थानीय शैक्षिक अगुवाहरूको सक्रियतामा यसवर्ष उच्च शिक्षा अध्ययनका लागि माङ्सबेङमा क्याम्पस सञ्चालन गरिएको हो । आत्मनन्द बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर लिङ्देनका अनुसार त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा यसवर्षदेखि उच्च शिक्षातर्फ पठनपाठन थालिएको हो । थप पढ्नुहोस्