सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, १२० आरोही शिखरमा

८ जेठ, काठमाडौं । सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ । यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै ज्यान गएको थियो । थप पढ्नुहोस्