आन्तरिक पर्यटकले सौराहा भरियो

१७ पुस, काठमाडौं । पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । “करिब करिब १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।” आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् । बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो मुलुकका पर्यटक भने न्यून छन् । थप पढ्नुहोस्