आन्तरिक राजस्व विभागका टोली बजारमा

१ असोज, काठमाडौं । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तिव्रता दिएको छ । विभाग अन्तरगतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३÷३ वटा टोली परिचालन गरिएको विभागले जनाएको छ । बजार अनुगमन विभागको नियमित कार्य भएको जनाउंदै दशैं, तिहार जस्तो चाडवाडको समयमा बढी कारोवार हुने र सो क्रममा विल विजक जारी नहुने गुनासो धेरै तिरबाट आउने भएकोले गत वर्ष जस्तै यस वर्ष पनि बजार अनुगमनलाई तिव्रता दिइएको जनाएको हो । थप पढ्नुहोस्

वैदेशिक रोजगार व्यवसायमा ४ अर्ब ५० करोड कर छली

१३ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७३र७४ मा सबै ११ सय मेन पावरले २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ कर तिरेका छन्। वैदेशिक रोजगार विभागका अनुसार सोही वर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पावरमार्फत गएका छन्। एक व्यक्तिलाई विदेश उडाएबापत ५० हजार रुपैयाँ शुल्क उठाएको आधार मान्ने हो भने पनि आर्थिक वर्ष २०७३र७४ मा मेनपावर कम्पनीहरूले वैदेशिक रोजगारीमा जानेसँग १९ अर्ब रुपैयाँभन्दा बढी लिएका छन्। तर, ११ सय मेन पावर कम्पनीले तिरेको करचाहिँ २२ करोड ६८ लाख ४८ हजार रुपैयाँ मात्र छ । थप पढ्नुहोस्