*आप्रवासी कामदारको समस्या जटिल बन्दैछ *- पाठक

२९ जेठ,धनुषा । राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताएका छन् । सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा दुई दिवसीय आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सदस्य पाठकले आप्रवासी कामदारका समस्या दिनानुदिन जटिल बन्दै गएकाले वैदेशिक रोजगारको अवस्थाबारे सूक्ष्म तरिकाले अध्ययन गरी यसको सम्बन्धमा नीति तथा कार्यक्रम निर्माण गर्नु जरुरी रहेको बताए । थप पढ्नुहोस्