१५ सन्तानका नेपाली आमाहरु

१७ कात्तिक, काठमाडौं । हिमाली गाउँपालिका १ बस्ने ४१ वर्षीया बिस्नकला थापाले गएको जेठमा १६औं सन्तान जन्माइन् । अरू बच्चा घरमै जन्माएकी थापाले १६औं बच्चा भने जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा जन्माइन् । उनका ९ वटा बच्चाको मृत्यु भइसकेको छ, भने ७ बच्चा जीवित छन् । १४ वर्षमा बिहे गरेकी बिस्नकलाको ४१ वर्षको उमेरसम्मको देखिने गरिको मुख्य काम भनेको बच्चा जन्माउने मात्रै हो । बाजुरा जिल्लाको पनि दुर्गम गाउँकी बिस्नकलासँग धेरै सन्तान किन जन्मिए भन्ने प्रश्नको जवाफ छैन । श्रीमान् जैधन थापा भन्छन्, “रोक्ने साधन केही भएन, उपाय पनि केही जानिएन । थप पढ्नुहोस्