न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी गर्दै पोखराका किसान

२५ पुस, काठमाडौं । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई पोखराका एक कृषकले चरितार्थ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बनेका छन् । घरको वरिपरि आँगन, बारीको डिल र गोठको नजिक सेताम्मे रहेका ३७ वटा मौरीको घारबाट एक वर्षको अवधिमा ५५० किलो मह र मौरीसहितका १७ वटा घार बिक्रीबाट उनले सो आम्दानी गरेका हुन् । थप पढ्नुहोस्

पर्वतीय संग्रहालयः टिकटबाट रु. अढाइ करोड आम्दानी

२० साउन, काठमाडौं। पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालयले एक वर्षका अवधिमा टिकट बिक्रीबाट करिब रु अढाइ करोड आम्दानी गरेको छ । आव २०७३÷०७४ मा विद्यार्र्थी एक लाख आठ हजार २९९, आन्तरिक पर्यटक ८६ हजार ५८९, सार्कस्तरीय पर्यटक १९ हजार २८७, अन्य बाह्य पर्यटक २३ हजार ६३९ र बगैँचामा दुई हजार ६१ जना आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा संग्रहालयले रु दुई करोड ४६ लाख १३ हजार ३०० आम्दानी गरेको हो । थप पढ्नुहोस्