आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही हुन्छ : मन्त्री मण्डल

२३ साउन, काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उनको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुने उल्लेख गरे । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै राजपालाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । थप पढ्नुहोस्