यती र मकालु एयरलायन्सका थोत्रा विमानका कारण नेपाली हवाइ क्षेत्रमा दुर्घटना बढ्दो

२९ असार, काठमाडौं । भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाइनएन–एआइबी जे विमान ‘अपरेसनल फेलियर’ का साथै मानवीय कमजोरी भएका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ । विमान अवतरण गर्ने क्रममा विमानको विभिन्न पार्टपूर्जाले काम नगरेको र ककपिटका चालकबीच राम्रो समन्वय नभएकाले विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको प्रतिवेदनले औँल्याएको छ । आन्तरिक उडानका क्रममा रहेको उक्त विमान २०७३ साल असोज ८ गते काठमाडौँबाट भैरहवाका लागि उडेको र विमान अवतरण गर्ने क्रममा करिब १३० मिटर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । थप पढ्नुहोस्