जलदेवी मावि लाई ‘डन बस्को’को ९ कोठे पक्की भवन

११ माघ, काठमाडौं । नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ । बैत्यश्वर गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको भवन निर्माण सकिएपछि २८औँ वार्षिकोत्सव तथा ११औँ अभिभावक दिवसका अवसरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । विद्यालयको स्थायित्व, समृद्धि र विकासमा सहयोग गरेकामा बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामाले उक्त सोसाइटीका फादर अब्राहम, फादर राजु, सिस्टर अन्नीसमेतलाई सम्मान गरे । थप पढ्नुहोस्