कृषक प्रोत्साहनका लागि आर्थिक सहयोग

२४ चैत, काठमाडौं । रुपा गाउँपालिका कार्यालयले पशुपालक कृषकलाई प्रोत्साहनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । कास्की जिल्लाको क्षेत्रफलका आधारमा सबैभन्दा सानो गाउँपालिकामा शुक्रबार उन्नत जातका बोका, राँगो, गोठ र भकारो सुधारका लागि करीब रु दुई लाख ६१ हजार बराबरको आर्थिक सहयोग वितरण गरिएको हो । गाउँसभाको निर्णयअनुसार उन्नत जातका राँगो र बोका खरिदका लागि क्रमशः रु ४० हजार र रु १५ हजार समूहगत रुपमा तथा भकारो र गोठ सुधारका लागि प्रतिकृषक रु १०÷१० हजारका दरले नगद उपलब्ध गराइएको हो । थप पढ्नुहोस्

सिद्धार्थ फाउन्डेसनद्वारा नेपाल कुष्टरोग निवारण संघलाई आर्थिक सहयोग, एकै साथ ६ नयाँ शाखा

१५ माघ, काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न रु. ६७,०००/– बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच  २०७४/१०/१२ गते बैंकका नायव महाप्रबन्धक श्री रामेश्वर प्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष्य श्री सूर्य प्रसाद श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् । थप पढ्नुहोस्