मिस एयरहोस्टेस–२०१७ आवेदन फारम खुला

११ साउन, काठमाडौं । मिस एयर होस्टेस २०१७ चौथो सस्ंकरणका लागि आवेदन फारम खुला गरिएको छ । मिस एयर होस्टेसका लागि एयर होस्टेस सम्वन्धी तालिम लिइ वसेका वा तालिम लिँदै गरेका कक्षा १२ वा सो सरह अध्ययनरत ५ फिट २ इन्च उचाई भएका युवतीले प्रतियोगीताको लागि आवेदन फारम भर्न सक्नेछन् । प्रतियोगीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत नेतृत्वदायी क्षमताको विकास लागि सहयोग पुर्याउने र एयर होस्टेस वन्नको लागि सहयोग पुर्याउने उदेश्यले कार्यक्रमलाई निरन्तरता दिएको आयोजक सिजन मिडियाले जनाएको छ । थप पढ्नुहोस्