राष्ट्रसंघसँगको सम्झौता रद्द गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

२१ चैत, काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि गरिएको सम्झौतालाई रद्द गर्न लागिएको बताएका छन् । इजरायली दक्षिणपन्थी समूहको बढ्दो दवावका कारण नेतन्याहुले उक्त कदम चालेको अन्तराष्ट्रिय समाचारमाध्यामहरुले जनाएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौतालाई फिर्ता हुने घोषणा गरेका थिए । समाचारलाई स्थानीय प्रशारण तथा छापाका सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् । थप पढ्नुहोस्