इटहरीमा भीषण आगलागी, करिब रु. सात करोडको नोक्सानी

३० असार, काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गरेको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको नोक्सानी भएको अनुमान गरिएको छ । थप पढ्नुहोस्