राष्ट्रसङ्घका महासचिवसहित अफ्रिकी ४० भन्दा बढी मुलुकका राष्ट्रप्रमुखको भेट

११ माघ, काठमाडौं । अफ्रिकी देशहरुका ४० जना भन्दा बढी राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहितको सम्मेलन हुनेभएको छ । इथियोपियाका उच्च अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार ३० औं अफ्रिकी युनियन (एयु) को सम्मेलनमा उनीहरूको भेट हुनेभएको हो । अफ्रिकी देशहरूको राजनीति र सुरक्षाका विषयमा उनीहरूको छलफल केन्द्रित हुने अपेक्षा गरिएको इथियोपियाका विदेश मन्त्री वर्कनेह गेबेयेहुले सञ्चारकर्मीलाई जानकारी दिए । थप पढ्नुहोस्