शक्तिशाली ब्याट्री जडान गरिएको इनफोकसको स्मार्टफोन नेपाल भित्रदै

११ साउन, काठमाडौं । इनफोकसले निर्माण गरेको ५ हजार एमएएचको शक्तिशाली ब्याट्री जडान गरिएको मोबाइल फोन नेपालमा भित्रने भएको छ । फोनमा जडान भएको ब्याट्रीले २३ घण्टा कुरा गर्न मिल्ने साथै ८ सय १६ घण्टासम्म ब्याट्रीले काम गर्ने बताइएको छ । टर्बो –५ मा ५।२ इन्चको ७२० पीको डिस्प्ले रहेको छ । क्वाडकोर मिडियाटेक प्रोसेसर रहेको फोनमा एन्ड्रोइड भर्सन ७।० रहेको छ । यसबाहेक फोनमा २ अथवा ३ जीबीको र्यामको विकल्प छ भने इन्टरनल मेमोरी १६ तथा ३२ जीबीको रहेको छ । साथै ३२ जीबीसम्मको मेमोरी बढाउन सकिन्छ । मेटल बडी रहेको फोनको पछाडीपट्टी फिंगरप्रिन्ट सेन्सर रहेको छ । थप पढ्नुहोस्