राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा १० हजारमा र्याल काट्ने यस्ता पनि इन्जिनियर

२ माघ, काठमाडौं । ‘‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन् । बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे । थप पढ्नुहोस्

घूस माग्ने इन्जिनियर र प्राधिकरणका कर्मचारी विरुद्ध मुद्दा दायर

२७ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मासहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमण ठेक्का सदर गर्दा सेवाग्राहीसँग रु ६ लाख नगद र रु १४ लाख ७० हजारबराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो । थप पढ्नुहोस्

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा मंसिर मसान्तभित्र इन्जिनियर खटाइने

१ मंसिर, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो । मंसिर १७ गतेसम्म प्राविधिकलाई रमाना दिई २५ गतेसम्म कार्यक्षेत्रमा खटाउने प्राधिकरणको तयारी छ । थप पढ्नुहोस्