इन्डोनेसियामा आँधीका कारण २० को मृत्यु, १७ हजार घरमा पूर्णतया क्षति

१६ मङसिर, काठमाडौं । इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले एक हप्ता अघि आएको आँधीका कारण मृत्यु हुनेहरूको संख्या २० पुगेको शुक्रबार जनाएको छ । भारतीय सामुद्रिक टापुहरूबाट आएको आँधी, बाढी र चक्रवायुले १७ हजार ९ ओटा घरहरु नष्ट भएको पनि अधिकारीहरूले जनाएका छन् । प्राकृतिक प्रकोपमा पररी अरु चार जना घाइते भएका छन् भने एक हजार ८ सय ७९ जना घरवारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाँउका आश्रयस्थलहरूमा राखिएको विभागका प्रवक्ता पुर्वो नुग्रोहोले जानकारी दिए । प्रभावित सवै ठाँउहरूमा अझै पनि पुग्न नसकेको उनले बताए । थप पढ्नुहोस्

ज्वालामुखी विस्फोटको जोखिमका कारण इन्डोनेसियाको बालीमा उच्च सतर्कता

१२ मङ्सिर, काठमाडौं । इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले सोमबार जानकारी दिएका छन् । सो सतर्कताको क्रममा त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ । यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडी सकेका इन्डोनेसियको प्रकोप व्यवस्थापन सम्बन्धि निकायका जनाइएको छ । थप पढ्नुहोस्