इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

८ जेठ, काठमाडौं । १२ वटा वडा रहेको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका वंशलाल तामाङ विजयी भएका छन् । राति अबेर घोषित अन्तिम मत परिणामअनुसार तामाङले पाँच हजार ३६५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का झम्क नेपालले पाँच हजार १६५ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकै मीरा अधिकारी लामा विजयी भएकी छिन् । उनले पाँच हजार १९१ मत प्राप्त गरेकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सरस्वती अधिकारीले पाँच हजार ७९ मत प्राप्त गरेकी छिन् । थप पढ्नुहोस्