इन्धनको मूल्य वृद्धि फिर्ता लिन विद्यार्थी संगठनको आग्रह

२० पुस, काठमाडौं । विभिन्न राजनीतिक दलका विद्यार्थी संघ संगठनले इन्धनको मूल्य तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा विद्यार्थी नेताहरुले १५ दिनमा दुई पटक मूल्य बढाएर सरकारले राम्रो काम नगरेको बताएका हुन् । साक्षात्कारमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मूल्यवृद्धिले जनता मारमा परेको भन्दै के आधारमा मूल्यवृद्धि भएको हो त्यो जनतालाई स्पष्ट गर्न माग गरे । “सरकारले अन्तर्राष्ट्रियस्तरमा बढेको मूल्यवृद्धिका आधारमा बढाएको हो या अरु कुनै कारणले बढाएको हो, त्यो स्पष्ट हुनुपर्छ”– अध्यक्ष महरले भने । थप पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

१८ पुस, काठमाडौं । नेपाल आयल निगमले गए राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ । थप पढ्नुहोस्