सईबाट इन्स्पेक्टरमा बढुवा तयारी

५ साउन, काठमाडौं । एक हप्ताभित्रै एआईजीदेखि डीएसपीसम्म रिक्त रहेको पदमा बढुवा सिफारिस गरेको बढुवा समितिले नेपाल प्रहरीका करिब ६५ जना प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाले बढुवा सूची प्रकाशित गर्नेगरी बढुवा समितिलाई सम्भावित उम्मेदवारहरुको व्यक्तिगत विवरण, कार्यसम्पादन मूल्यांकन विवरण उपलब्ध गराइसकेको स्रोतको दाबी छ । थप पढ्नुहोस्