हिमालयन हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा, राष्ट्रपति विद्यादेवि भण्डारीद्धार समुद्घाटन हुने

१९ पुस, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारी ज्यूबाट हुने तय भएको आयोजकले जानकारी दिएका छन् । एक्स्पोको उद्घाटन कार्यक्रम यही पुष २१ गते शुक्रबार विहान ११ बजे हुनेछ । थप पढ्नुहोस्