३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

२१ फागुन, काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्ने भएका छन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्ने छन् । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा सोमबार काठमाडौं आउँदैछन् । थप पढ्नुहोस्