प्रधानमन्त्रीको दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट, काबा अध्यक्ष गौतम

२४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छिन् । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । थप पढ्नुहोस्