उच्चस्तरीय वार्ता अगावै दुई कोरियाबीच छलफल हुँदै

२४ पुस, काठमाडौं । दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्ताका लागि दक्षिण र उत्तर कोरियाबीच पारस्परिक छलफल हुने भएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार यो जानकारी दिएको छ । मङ्गलबारका लागि तय भएको सो वार्ता अगावै सम्भवतः सोमबार यो छलफल हुने भएको बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताका अनुसार दुई कोरियाबीच हुन गइरहेको वार्तामा गरिने छलफलका विषय तय गर्नका सो पूर्वतयारी बैठकको आयोजना गरिएको हो । थप पढ्नुहोस्