अख्तियारको प्रतिवेदन राष्ट्रपतिलाई, सबैभन्दा धेरै शिक्षा क्षेत्रका उजुरी

२८ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७३/७४ को सताइसौँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् । आयोगको प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न रणनीति अवलम्बन गरेर सदाचार र निष्पक्षता कायम गरी सुशासन कायम गर्न अझै प्रभावकारी भूमिका निार्वह गर्न शुभकामना दिइन् । थप पढ्नुहोस्