उत्तर कोरिय अहिलेसम्मकै शक्तिशाली हाइड्रोजन बम परिक्षण गर्ने तयारीमा, नाकाबन्दीको असर देखिन थालेको दक्षिणको दाबी

१० असोज, काठमाडौं । दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् । उनले अहिले अर्थात पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीहरुभन्दा कडा भएकोले यसको असर देखा पर्न लागिसकेको जानकारी दिएका छन् । दक्षिण कारियाका ती अनुसन्धानदाता पार्क जोङचुलले भने– यसको प्रभाव अहिले नै देखा पर्न थालिसकेको छ र आगामी छ महिनामा यसको प्रभाव अझै धेरै देखिने छ । थप पढ्नुहोस्

उत्तर कोरियाविरुद्ध अमेरिकाले आक्रमण गर्न सक्दैन– रुसी विदेशमन्त्री

८ असोज, काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाही गर्न नसक्ने बताएका छन् । उत्तर कोरियाली आकासहुँदै अमेरिकी युद्धपोत विमान उडेको भनिएको एक दिनपछि रुसको यो प्रतिक्रिया आएको समाचारमा जनाइएको छ । रुसी विदेशमन्त्री लाभरोभले आइतबार एक रुसी टेलिभिजनलाई दिएको अन्तरवार्तामा सो धारणा राखेका हुन् । उनले भने– हुनत अमेरिकाले उत्तर कोरियामाथि हवाई तथा सैनिक कारबाहीको चर्चा पनि आएको छ तर अमेरिकाले त्यसो गर्न सक्दैन किनभने उत्तर कोरियामा बम छ भन्ने कुरा अमेरिकालाई राम्ररी थाहा छ । थप पढ्नुहोस्

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघले लगायो कडा नाकाबन्दी, चीन, रुस र युरोपियन युनियनको पनि समर्थन

२७ भदौ, काठमाडौं। संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो । उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले यसअघि नै उक्त नाकाबन्दीको प्रस्ताव गरेको भए पनि सर्वसम्मत हुन सकेको थिएन । तर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सोमबार भने सर्वसम्मत निर्णय भएको छ । थप पढ्नुहोस्

उत्तर कोरियाबिरुद्ध उत्रन दक्षिण कोरियालाई उक्साउँदै अमेरिका

२० भदौ, काठमाडौं । दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले आइतबार मात्र पनि एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ । थप पढ्नुहोस्