उत्तर कोरियाली राजदूत पेरिडाँडा पुगेर प्रचण्डलाई दिए निम्तो

७ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उत्तर कोरियाका राजदूत किम योङ हकले भेटवार्ता गरेका छन्। माओवादी केन्द्रको पार्टी कार्यालय, पेरिसडाँडामा आज भएको भेटमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले र माओवादी केन्द्रबीचको एकता छिट्टै टुंगोमा पुग्न लागेको बताएको उनका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । अध्यक्ष दाहालले कोरियाली नेता किम इल सुङको संघर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण तथा संविधान कार्यान्वयनमा दल मिलेर सफलता हासिल गरेको जानकारी दिए । थप पढ्नुहोस्