बेलिबृज जडानपछि गाईघाट दिक्तेल यातायात सञ्चालन

९ पुस, काठमाडौं । सगरमाथाको गाईघाट दिक्तल सडक मार्गअन्तर्गत उदयपुर र खोटाङ जिल्लाको बीच फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान कार्य सम्पन्न भएपछि शनिबारदेखि उदयपुरको सदरमुकाम गाईघाटबाट खोटाङको दिक्तेलसम्म सिधै यातायात सेवा सञ्चालन भएको छ । सुनकोशी नदीमा १५ दिन अघिदेखि जडान कार्य शुरु गरिएको बेलिबृज शनिबार बिहान सम्पन्न भएपछि गाईघाट दिक्तेल सडकखण्डमा यातायातका साधन सञ्चालन शुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका इञ्जिनियर कमलप्रसाद यादवले बताए । थप पढ्नुहोस्

यौन व्यवसाय सम्लग्न युवती प्रहरीको नियन्त्रणमा

४ पुस, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाट, सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ । आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख नवराज भट्टले बताए । थप पढ्नुहोस्

सिद्धिचरण लोकमार्गमा यातायात व्यवसायीको लूट, क्षमता भन्दा बढी यात्रु, त्यसमा पनि दोब्बर बढी भाडा

२० असोज, काठमाडौं । उदयपुरको कटारी, घुर्मी हुँदै हर्कपुर भएर ओखलढुंगा तथा जयरामघाट हसेली, खोटाङसम्म सञ्चालन हुने सिद्धिचरण लोकमार्ग क्षेत्रमा दशैँको समयको मौका छोपेर यातायात व्यवसायीले सवारीसाधनको माथि छतमा समेत क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले यात्रुको ज्यान जोखिममा पार्न थालेको छ । थप पढ्नुहोस्

उदयपुरमा वाणिज्य बैंकले एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा

१ असोज, काठमाडौं । उदयपुर जिल्लाको कटारी नगरपालिको महत्पूर्ण व्यापरिक केन्द्र कटारी बजारमा रहेका सरकारी वाणिज्य बैंकसहित केही निजी बैंकले दशैँको समयमा समेत एटिएम सेवा दिन नसक्दा सेवाग्राही मारमा परेका छन् । कटारी बजारमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको शाखाका रुपमा रहेको वाणिज्य बैंकलेसमेत अहिलेसम्म एटिएम सेवा सञ्चालन नगर्दा दशैँको समयमा बैंकबाट रु आठ÷दश हजार खर्च निकाल्न पनि दिनभरि लाइनमा उभिनपर्ने बाध्यता भएको स्थानीय नरेन्द्र दाहाल बताउँछन् । थप पढ्नुहोस्

साउनलाइन्स म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

७ असार, काठमाडौं । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावर, उदयपुर शाखाबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । सो म्यानपावरको ठगीमा परेर अहिले साउदी अरबमा ती युवा अलपत्र भएका छन् । काठमाडौं, सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट त्यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साता अघि साउदीमा पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडित युवाका दाजु होमराज राईले जानकारी दिएका छन् । थप पढ्नुहोस्