‘सेनेगल’ कविता संग्रह र ‘शासन र विकास’ पुस्तक सार्वजनिक

२९ असोज, काठमाडौं । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी दिइयो । अभिनव साहित्य समाजको १८८औँ साहित्यिक शृङ्खलामा संग्रह सार्वजनिक गरिएको हो । समीक्षक हेमचन्द्र नेपाल र डा शेषराज आचार्यलगायतले संग्रहका विषयमा मन्तव्य राखेका थिए । साहित्यिक शृङ्खलामा राम्रो रचना वाचन गरेका रचना घिमिरे, कृतिका न्यौपाने र मिशन अधिकारीलाई पुरस्कृत गरिएको थियो । थप पढ्नुहोस्