भूकम्प प्रभावित साना उद्योगीलाई प्रविधि सहयोग

७ असार, काठमाडौं । भूकम्पबाट प्रभावित साना उद्योगीलाई घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गरेको छ । भूकम्पपछि साना उद्योगको पुनःस्थापना हुन नसकेका उद्योगको प्रविधिमा क्षति पुगेपछि साना उद्योगीलाई प्रविधिमा सहयोग गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयका प्रमुख विजयकुमार भट्टराईले बताए । विदुरमा मङ्गलबार आयोजित उद्योगीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्लामा रहेका ४० साना उद्योगीलाई रु १५ हजार बराबरको प्रविधि हस्तान्तरण गरिएको हो । थप पढ्नुहोस्

पछिल्ला वर्ष उद्योग क्षेत्रमा लगानी बढ्दै

६ असार, काठमाडौं । देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३÷७४ मा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गत आवमा ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगमा रु एक खर्ब २२ अर्ब ७० लाख लगानी भएकामा चालु आवको अहिलेसम्ममा रु एक खर्ब ४५ अर्ब ८४ करोड २१ लाख ९० हजार लगानी भएको छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालका अनुसार गत आवको तुलनामा चालु आवमा बढी उद्योग दर्ता भएका छन् । थप पढ्नुहोस्

सरकारले उद्योगीका समस्यालाई पन्छायो : गोल्छा

१७ जेठ, काठमाडौं । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाएका छन् । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताएका छन् । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उनको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाएर पठाएको पैसाले मुलुक चलेको बताए । थप पढ्नुहोस्