सरकारले उद्योगीका समस्यालाई पन्छायो : गोल्छा

१७ जेठ, काठमाडौं । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाएका छन् । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताएका छन् । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उनको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाएर पठाएको पैसाले मुलुक चलेको बताए । थप पढ्नुहोस्