नेपाल बैंकका कर्मचारी सहित १३ जना पक्राउ

१९ असोज, काठमाडौं । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा रु १५ करोड भन्दा बढीको ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन धितो राखेर कर्जा लिने र कर्जा दिने कार्यमा संलग्न कर्मचारीमा होमबहादुर भट्टराई, शंकर न्यौपाने, पुष्पराज घिमिरे, रामकिशोर मेहता, सानुबाबु श्रेष्ठ र विद्या तामाङ पक्राउ परेका छन् । थप पढ्नुहोस्

१८,२०० को उम्मेदवारी दर्ता, उमेद्दारहरु अझै लाइनमा

२१ भदौ, काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए । थप पढ्नुहोस्

प्रमुखका दावेदार ७ जनाको धरौटी जफत

२५ असार, काठमाडौं । धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ । प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी ९, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिं नागरी ५, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१ र नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसी ४५९ मतको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी उपप्रमुखमा उम्मेदवारी दिएका आठजनाको जमानत जफत भएको छ । थप पढ्नुहोस्

दाङमा ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

२९ जेठ,दाङ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गरेका छन् । पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो । थप पढ्नुहोस्