उपराष्ट्रपति पुन र भारतीय राजदूतबीच भेटवार्ता

२ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंहले शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटवार्तामा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेको बताएको उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । अब नेपाल आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको चर्चा गर्दै उनले युगौँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिक हुँदै जनस्तरसम्म प्रगाढ रहेको बताए । थप पढ्नुहोस्