नेपाल डिभिजन टूको उपविजेता

३ फागुन, काठमाडौं । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आजको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)ले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य दिएको थियो । पारस खड्काको अविजित शतकका बाबजुद नेपालले यूएईसँग ७ रनले पराजित भएको छ र विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेता बनेको छ । यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि दिएको छ । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । थप पढ्नुहोस्