नेपाल लाईफ इन्स्योरेन्सको उपशाखा गौरादहमा

११ साउन,काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गौरादहमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा स्थापना गरेको कम्पनीले जनाएको छ । समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको भन्दै नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ । थप पढ्नुहोस्