ढकाल र महत जेल चलान

५ मंसिर, काठमाडौं । विशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग रु एक÷एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ । न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले आज महत र ढकाललाई रु एक÷एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर आजै डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् । थप पढ्नुहोस्