अब एक व्यक्तिले दुई ठाउँबाट उम्मेदवारी दिन नपाउने

११ साउन, काठमाडौं । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ । व्यवस्थापिका–संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो । सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ ।’ एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नेछ । थप पढ्नुहोस्