आज राति मिथुन उल्का वर्षा सक्रिय हुने, नगरकोटमा वर्षा अवलोकन गर्नेको भिड

२८ मंसिर, काठमाडौं । मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय रहने मिथुन उल्का वर्षा आज राति बढी सक्रिय हुने भएको छ । सक्रिय समयमा प्रतिघण्टा १२० वटासम्म उल्का देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो वर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा अन्तरीक्षमा छोडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किमीमाथि जलेर उल्का वर्षा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । यो वर्ष क्षुद्रग्रह ३२०० फेथन आफैँ पृथ्वीको नजिक रहनेछ । थप पढ्नुहोस्