वायु ऊर्जातिर लगानीकर्ता आकर्षित

३ असार, काठमाडौं । व्यावसायिक रुपमा वायु ऊर्जा उत्पादनका लागि लगानीकर्ताले चासो देखाउन थालेका छन् । जलविद्युत् आयोजना निर्माणका लागि लामो समय लाग्ने र लगानी पनि धेरै हुने भएकाले वायु ऊर्जाका क्षेत्रमा लगानीकर्ता आर्कषित हुन थालेका हुन् । पछिल्ला दिनमा विद्युत् विकास विभागमा विभिन्न चार कम्पनीले वायु ऊर्जा उत्पादनका लागि अभिरुचि देखाएका छन् । ऊर्जा मन्त्रालयअन्र्तगत विद्युत् विकास विभागमा पछिल्लो दिनमा मुलुकका विभिन्न चार स्थानमा कुल १० मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको सर्वेक्षणका लागि निवेदन दिएका छन् । थप पढ्नुहोस्

माथिल्लो तामाकोसी पछि सञ्चय कोषले ६८० मेगावाटको जलविद्युत् आयोजना बनाउँदै

७ जेठ, काठमाडौं । सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालयले कर्मचारी सञ्चय कोषलाई आज सो आयोजना अगाडि बढाउने अनुमति प्रदान गरेको हो । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरे । थप पढ्नुहोस्