सडक दुर्घटनामा ४० जनाको मृत्यु

१७ पुस, काठमाडौं । केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ । एएफपी समाचार समितिले जनाएअनुसार केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् । मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । “तीस जनाको मृत्यु भएको छ,” रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो अर्रोेमेले भन्नुभयो । उहाँले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको जानकारी दिए । थप पढ्नुहोस्