सगरमाथा रुटमा एकअर्बको लगानीमा १३ रिसोर्ट

१६ साउन, काठमाडौं । सगरमाथा बेस क्यामको रुटमा १३ वटा हिमालयन चेन रिसोर्ट बन्ने भएको छ। एसियन ट्रेकिङको मुख्य लगानीको रिसोर्टमा विश्व बैंकले समेत लगानी गरेको छ। सगरमाथा बेस क्याम रुटमा आधुनिक होटलको अभाव हटाउने उद्देश्यका साथ एक अर्ब रुपैयाँ लगानीमा सो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको हिमालयन चेन रिसोर्ट निर्माण अघि बढेको छ। मुख्य लगानीकर्ता एसियन ट्रेकिङले ६० प्रतिशत र विश्व बैंकले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । थप पढ्नुहोस्