शंकरले सुष्मालाई जिस्काउँदा फुटाए पानीको घैला

“फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” १ असार,काठमाडौं । नेपाली लोकदोहोरी गीत पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोकगायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गीतको भिडियो सार्वजनिक भएको हो । एकनारायण भण्डारीको शब्द रचना रहेको गीतमा भण्डारीको आफ्नै संगीत रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोकदोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । नविन घर्तीको सम्पादन, राजेश घिमिरेको छायांकनलाई शंकर बीसीले निर्देशन गरेका छन् । थप पढ्नुहोस्