५५ वर्षमा एकल महिलालाई भत्ता दिने निर्णयप्रति आपत्ति

१५ माघ, काठमाडौं । मानव अधिकारको लागि महिला, एकल महिला समूहले एकल महिला (विधवा) लाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समूहले आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको निर्णय र अहिले भइरहेको व्यवस्थालाई ध्यान नदिई एकल महिलालाई ५५ वर्षमै भत्ता दिने भनी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । थप पढ्नुहोस्