यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आकस्मिक निरीक्षण, सवारी चालक अनुमतिपत्रको काम सहज रुपमा गर्न मन्त्री बलायरको कडा निर्देशन

२२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सहज ढंगले सवारी चालक अनुमतिपत्र प्रदान गर्न यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई कडा निर्देशन दिएका छन् । मन्त्री बलायरले आज दिउँसो सवारी चालक अनुमतिपत्र कार्यालय र साना–ठूला सवारी कार्यालय एकान्तकुनाको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले कामको निरीक्षण गर्दै अनुमतिपत्र लिन लिखित परीक्षा उत्तीर्ण गरेपछि बाँकी प्रक्रियाका लागि दुई महिना कुर्नुपर्ने व्यवस्थालाई सहज बनाउन आवश्यक सबै काम गर्ने व्यवस्था मिलाउन कर्मचारीहरुलाई आह्वान गरे । थप पढ्नुहोस्